काठमाडौं, १५ असोज । दक्षिण सुडानमा संयुक्त राष्ट्र सङ्घको शान्ति मिसनमा तैनाथ नेपाली शान्ति सैनिकको अदलीबदली भएको छ ।
संयुक्त राष्ट्र सङ्घको आह्वानमा दक्षिण सुडानमा सञ्चालित युनाइटेड नेसन्स मिसन इन साउथ सुडान (यूएनएमआईएसएस) मा तैनाथ श्री नयाँ गोरख गण (शान्ति सेना) १५औँ डफ्फालाई बदली गर्न श्री नारायणदल गण (शान्ति सेना) १६औँ डफ्फाका २०३ जना शान्ति सैनिकको पहिलो टोली असोज १५ गते मिसन इलाका प्रस्थान गरेको नेपाली सेनाले बिहीबार जनाएको छ ।
मिसनमा आफ्नो कार्यकाल पूरा गरेका २०३ जना नेपाली शान्ति सैनिक सोही दिन स्वदेश फर्किएका छन् ।
हाल दक्षिण सुडानस्थित उक्त मिसनमा नेपाली सेनाका १ हजार ६९ जना शान्ति सैनिक कार्यरत छन् ।
