काठमाडौं, १५ असोज । प्रधानमन्त्री वालेन्द्र शाह र नेपालका लागि अस्ट्रेलियाका राजदूत साइमन अर्न्स्टबीच भेटवार्ता भएको छ । 

बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री शाह र राजदूत अर्न्स्टबीच भेटवार्ता भएको हो । भेटवार्ताका क्रममा दुई देशको आपसी हितका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

प्रधानमन्त्री शाहले यसअघि भारत, अमेरिकालगायतका देशका राजदूतसँग एक्लाएक्लै भेटवार्ता गरेका थिए । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *