सर्लाही, २० असोज । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत एक महिलातर्फको महामन्त्रीमा नेताहरूबीच टक्कर देखिने भएको छ ।
समावेशी कोटाको यो एक पदको लागि पूर्व सहमहामन्त्रीद्वय महालक्ष्मी उपाध्याय डिना, डा. डिला संग्रौला र रीता खनालले उम्मेदवारी दिने भएका छन् ।
खनालले उम्मेदवारी दर्ता गराइसकेकी छिन् । डिना र डिलाले पनि उम्मेदवारी दर्ता गराउँदै छन् । महिना नेतृमा डिला र डिना पूर्वसहमहामन्त्री भइसकेका हुन् । डिला महिला संघको अध्यक्ष भइसकेकी छिन् ।
डिना र डिला १४ औँ महाधिवेशनमा देउवा समूहमा थिए । डिला विशेष महाधिवेशनबाट सहमहामन्त्री बनेकी थिइन् । डिना १४ औँ महाधिवेशनकी सहमहामन्त्री हुन् ।
महाधिवेशन हुने केही दिनअघि डिना ठूलो समूहसहित विशेष महाधिवेशनको नेतृत्वसँग जोडिएकी थिइन् ।
खनाल लामो समय ट्रेड युनियन कांग्रेसमा सक्रिय भएकी नेतृ हुन् । संयोगले डिना र रीता दुवै मकवानपुरका हुन् । डिला मोरङबाट आएकी हुन् ।
