सर्लाही, २३ असोज । देशका केही जिल्लामा आज (असोज २३) आकस्मिक बाढीको जोखिमको पूर्वानुमान छ । केही साना नदीखोलामा पानीको बहाव उल्लेख्य बढ्ने सम्भावना रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
यस दिन ताप्लेजुङ, पाँचथर, तेह्रथुम, संखुवासभा, भोजपुर, खोटाङ, ओखलढुंगा, सोलुखुम्बु, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, ललितपुर, मकवानपुर, काठमाडौं, भक्तपुर, नुवाकोट, रसुवा, धादिङ, गोरखा, लमजुङ, तनहुँ, कास्की, मनाङ, मुस्ताङ, म्याग्दी, पर्वत, बाग्लुङ, स्याङ्जा, गुल्मी, प्युठान, रोल्पा, रुकुम पूर्व, रुकुम पश्चिम, जाजरकोट, कालीकोट, बाजुरा, बझाङ, दार्चुला, बैतडी र आसपासका जिल्ला भई बहने स–साना नदीमा बहाव उल्लेख्य बढ्ने पूर्वानुमान छ । यी जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
पश्चिम नेपालका केही जिल्लामा बिहान वर्षा भएको छ । दिउँसो डडेलधुरा, दिपायल, पोखरा, काठमाडौंमा वर्षाको सम्भावना ६० प्रतिशत रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अरू केही सहरमा वर्षाको सम्भावना यसभन्दा कम रहेको महाशाखाको पूर्वानुमान छ ।


