सर्लाही, २६ असाेज । संसदीय विशेष सुनवाइ समितिले साउदी अरबियाका लागि प्रस्तावित राजदूत गिरिबहादुर सुनारसँग सम्बन्धित कागजात मगाउन निर्देशन दिएको छ ।

सुनार विरुद्ध विवाहपछि अवैधानिक सम्बन्ध राखेको उजुरी संसदीय सुनवाइ समितिमा परेको थियो । सोमबार उजुरीकर्ता पीडित पक्षसँग छलफल गरिसकेपछि सुनवाइ समितिले उनीसँग यस्तै घटनामा सम्बन्धित रहेका विषयमा कागजात मगाउन निर्देशन दिएको हो ।

समिति स्रोतका अनुसार यौन सम्बन्धी मामिलामा मुछिएपछि सुनारलाई जर्मनीबाट डिपोर्ट गरिएको थियो । त्यस्तै विवाहपछिको अवैधानिक सम्बन्धबारे ललितपुर जिल्ला प्रहरीमा उजुरी परेको र त्यसलाई सहमतिमार्फत टुंग्याइएको विशेष समितिमा आएपछि यस बारेमा आधिकारिकता बुझ्न निर्णय भएको समितिका एक सदस्यले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *