रसुवा बाढी : साढे दुई सय शवको डीएनए आफन्तसँग मिल्ने प्रारम्भिक संकेत

Byसदाम हुसैन

२०८३ आश्विन २७, मंगलवार २०८३ आश्विन २७, मंगलवार २०८३ आश्विन २७, मंगलवार

सर्लाही, २७ असाेज । रसुवा बाढीमा ज्यान गुमाएकामध्ये करिब साढे दुई सय जनाको डीएनए प्रारम्भिक रूपमा आफन्तसँग मिल्ने संकेत देखिएको छ । उनीहरूको पहिचान यकिन गर्न र शव हस्तान्तरणको प्रक्रिया अघि बढाउन थप जाँच भइरहेको छ ।

राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको डीएनए शाखा प्रमुख निराजन थापाका अनुसार नेपाल प्रहरी र प्रयोगशालामा गरिएका परीक्षणको एकीकृत तथ्यांकअनुसार करिब साढे दुई सय जनाको डीएनए मिल्ने प्रारम्भिक संकेत देखिएको छ । यद्यपि, यो अन्तिम भने होइन ।

‘सफ्टवेयरबाट स्क्रिनिङ गर्दा करिब साढे दुई सय जनाको डीएनए मिल्ने देखिएको छ । तर एउटै व्यक्तिका हड्डीका दुई–तीन टुक्रा फरक–फरक ठाउँमा भेटिएर परीक्षण भएको हुनसक्छ । फाइलअनुसार विवरण भिडाएपछि मात्रै वास्तविक संख्या यकिन हुन्छ,’ थापाले अनलाइनखबरसँग भने ।

रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा परी ५ हजारभन्दा बढी बेपत्ता छन् । पछिल्लो तथ्यांकअनुसार १ हजार ४५७ शव फेला परेका छन् ।

तीमध्ये ११२ वटाको मात्रै सनाखत गरी आफन्तलाई बुझाइएको छ । पहिचान हुन नसकेका १ हजार ३४५ शव भने जमिनमुनि गाडिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *