सर्लाही, २८ असोज । नुवाकोटको पिपलटारमा बाढीपीडितका लागि १८ वटा अस्थायी आवासको निर्माण सकिएको छ ।
नेकपा (एमाले) नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) को नेतृत्वमा निर्माण गरिएका १८ वटा अस्थायी आवास आज दिउँसो १ बजे पार्टी अध्यक्ष केपी शर्मा ओलीले हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ ।
बाढीबाट प्रभावित परिवारलाई अस्थायी रूपमा बसोबासको व्यवस्था गर्ने उद्देश्यले सञ्चालन गरिएको आवास निर्माण अभियानमा विभिन्न स्वयम्सेवक सहभागी भएका थिए । स्वयम्सेवकहरूको सहभागितामा निर्माण कार्य अघि बढाइएको थियो ।
बाढीपीडितलाई सुरक्षित अस्थायी आवास उपलब्ध गराउने लक्ष्यसहित सुरु गरिएको अभियानको पहिलो चरण पूरा भएसँगै आवास हस्तान्तरणको तयारी गरिएको हो ।
