सर्लाही, १३ कार्तिक । सर्लाहीको बलरा र रामनगरमा दुई जना बेवारिसे पुरुषको शव फेला परेको छ ।
विहिबार दिउँसो रामनगर गाउँपालिका–३, बहुअर्वामा मृत फेला परेका करिव ३० वर्षीय पुरुषको अहिलेसम्म पहिचान खुल्न सकेको छैन् ।
रामनगर गाउँपालिकाको कार्यालयतर्फ जाने सडकको छेउमा बेवारिसे पुरुषको शव फेला परेको हो । त्यसैगरी बलरा नगरपालिका–१, हथिऔलमा हिजै बिहान मृत फेला परेका पुरुषको समेत आज साँझसम्म पहिचान खुल्न सकेको छैन् ।
सडक छेउमा पानी जमेको खाल्डोमा पहिचान खुल्न नसकेको करिव ३० वर्षीय पुरुषको शव फेला परेको हो ।
दुवै स्थानका मृतकको शव पोस्टमार्टमका लागि मलंगवास्थित प्रादेशिक अस्पतालमा ल्याइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका निमित्त सूचना अधिकारी एवं प्रहरी निरीक्षक किशोर केसीले जानकारी दिए ।
