सर्लाही, २३ कार्तिक । सर्लाहीको चन्द्रनगर गाउँपालिका-४ मा दियोबाट आगो सल्किँदा एक घरमा आगलागी भई करिब ७५ हजार रुपैयाँ बराबरको क्षति भएको छ ।
स्थानीय सुरेन्द्र राय यादवको काठले बनेको दुईतले घरमा दराजमाथि बालिएको दियोबाट आगो सल्किएर आगलागी भएको हो । आगलागीबाट दराज, टेबल फ्यान तथा ओढ्ने-ओछ्याउनेलगायतका सामान जलेर नष्ट भएका छन् ।
आगलागीबाट अन्दाजी ७५ हजार रुपैयाँ बराबरको धनमाल क्षति भएको बताइएको छ । घटनामा कुनै मानवीय तथा चौपाया क्षति भने नभएको जनाइएको छ ।
