सर्लाही । अहिले जाडो मौसम बढ्दै जाँदा स्वास्थ्यका साथै छालाको सुरक्षामा पनि चुनौती थपिएको छ । जाडोमा चिसो हावा, कम आर्द्रता र तातो पानीको धेरै प्रयोगले गर्दा छालाको प्राकृतिक ओस हराउने र छाला फुट्ने समस्याले धेरैलाई सताउने गर्छ ।
छाला रोग विशेषज्ञहरूका अनुसार सही स्याहार र खानपानमा ध्यान दिने हो भने जाडोमा पनि छालालाई स्वस्थ र चमकदार राख्न सकिन्छ । जाडोमा छालाको हेरचाहका लागि ‘क्लिन्जिङ’ पहिलो महत्वपूर्ण कदम भएको उनीहरूको भनाई छ ।
जाडोमा धेरै फिज आउने वा कडा साबुनको प्रयोगले छालाको ओस सोस्ने भएकाले माइल्ड वा मोइस्चराइजिङ क्लिन्जर प्रयोग गर्नु उपयुक्त हुन्छ । अनुहार दिनमा दुई पटकभन्दा बढी नधुने र नुहाउँदा धेरै तातो पानीको सट्टा मनतातो पानी प्रयोग गर्न उनीहरूले सुझाव दिएका छन् ।
अहिले जाडो मौसम बढ्दै जाँदा स्वास्थ्यका साथै छालाको सुरक्षामा पनि चुनौती थपिएको छ । जाडोमा चिसो हावा, कम आर्द्रता र तातो पानीको धेरै प्रयोगले गर्दा छालाको प्राकृतिक ओस हराउने र छाला फुट्ने समस्याले धेरैलाई सताउने गर्छ ।
छाला रोग विशेषज्ञहरूका अनुसार सही स्याहार र खानपानमा ध्यान दिने हो भने जाडोमा पनि छालालाई स्वस्थ र चमकदार राख्न सकिन्छ । जाडोमा छालाको हेरचाहका लागि ‘क्लिन्जिङ’ पहिलो महत्वपूर्ण कदम भएको उनीहरूको भनाई छ ।
जाडोमा धेरै फिज आउने वा कडा साबुनको प्रयोगले छालाको ओस सोस्ने भएकाले माइल्ड वा मोइस्चराइजिङ क्लिन्जर प्रयोग गर्नु उपयुक्त हुन्छ । अनुहार दिनमा दुई पटकभन्दा बढी नधुने र नुहाउँदा धेरै तातो पानीको सट्टा मनतातो पानी प्रयोग गर्न उनीहरूले सुझाव दिएका छन् ।
जाडोमा घाम कम लाग्ने भए पनि सनस्क्रिनको प्रयोगलाई बेवास्ता गर्न नहुने विज्ञहरूको धारणा छ । सूर्यको अल्ट्राभायोलेट किरणले जाडोमा पनि छालालाई उत्तिकै क्षति पुर्याउन सक्ने भएकाले बाहिर निस्कँदा सनस्क्रिन लगाउनु पर्छ ।
धेरै बेरसम्म हिटर वा ब्लोअरको अगाडि बस्दा हावाको ओस कम भई छाला थप सुख्खा हुने भएकाले यसतर्फ सचेत रहन आवश्यक छ ।
यदि छालामा धेरै चिलाउने, रातो हुने वा छाला निकै फुट्ने समस्या देखिएमा घरेलु उपचारमा मात्र भर नपरी विशेषज्ञसँग सल्लाह लिनु नै उत्तम हुन्छ ।