सर्लाही, २० साउन। प्रधानमन्त्री केपी शर्मा ओलीले भूपरिवेष्टित राष्ट्रहरू बाध्यताले अलग रहेको भन्दै कनेक्टिभिटी नै उनीहरूका लागि न्याय हुने बताएका छन् । भूपरिवेष्टित राष्ट्रहरूको शिखर सम्मेलनका क्रममा तुर्केमिनिस्तानमा रहेका प्रधानमन्त्री कनेक्टिभिटीमा जोड दिएका हुन् । प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमालका अनुसार साइड एभेन्टमा बोल्ने क्रममा प्रधानमन्त्रीले भूपरिवेष्टित राष्ट्रहरू विकल्पले नभई बाध्यताले अलग रहेको बताए ।प्रधानमन्त्रीको भनाइ थियो-तटीय राष्ट्रहरूसँग यसको कुञ्जी छ-खोल्नु कर्तव्य हो, अनुग्रह होइन। अवरोधलाई नवप्रवर्तनमा बदलौँ, यसलाई साझा समृद्धिको इन्जिन बनाऔँ ।’