काठमाडौं , २१ साउन । भारतको मध्य प्रदेशको सेहोर जिल्लाको कुबेरेश्वर धाममा मंगलबार भागदौड हुँदा दुई महिलाको मृत्यु भएको छ ।

सेहोर जिल्लाकी अतिरिक्त एसपी सुनिता रावतले घटनाको पुष्टि गरेकी छन् । उनका अनुसार कुबेरेश्वर धाममा भएको भागदौडमा दुई महिलाको मृत्यु भएको छ र अन्य छ जना घाइते भएका छन्, जसलाई अस्पताल लगिएको छ ।

यो घटना सन्त प्रदीप मिश्राको नेतृत्वमा भोलि बुधबार हुने भव्य कंवर यात्राको एक दिनअघि भएको हो ।

कसरी भयो भागदौड ?

कुबेरेश्वर धाममा अपेक्षाभन्दा बढी भीड जम्मा भएका कारण भागदौड मच्चिएको बताइएको छ।

भोलि बुधबार प्रदीप मिश्राको नेतृत्वमा सिहोर जिल्लाको कुबेरेश्वर धाममा कंवर यात्रा निकाल्ने तयारी थियो।

स्थानीय प्रशासनका अनुसार बढ्दो भीडभाडका कारण भण्डार, आवास र दर्शन स्थलहरूमा ठाउँको अभाव भएको थियो, जसले गर्दा भागदौड मच्चिएको थियो ।

मंगलबार दिउँसो चर्को गर्मीका बीचमा सेवान नदी घाट र कुबेरेश्वर धाम परिसरमा हजारौं भक्तजनहरू भेला भएका थिए।

प्रशासनले कुबेरेश्वर धामसँगको सहकार्यमा मंगलबार रातिदेखि यो यात्राको व्यवस्था गर्ने योजना बनाएको थियो, तर त्यसअघि नै यहाँ भीड निकै बढेको बताइएको छ ।

मध्य प्रदेशका मुख्यमन्त्री मोहन यादवले घटनालाई दुर्भाग्यपूर्ण भन्दै यसलाई गम्भीररतापूर्वक लिन निर्देशन दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *