सर्लाही, २१ साउन। सर्लाहीको बागमती नगरपालिकाका निलम्बित मेयर भरतकुमार थापासहित ३ जना भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । विशेष अदालतले निलम्बित मेयर थापासहित नगरका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विमलकुमार पोखरेल, योजना प्रमुख इन्जिनियर सागर पौडेललाई दोषी ठहर गरेको हो ।विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर र सदस्यद्वय मुरारीबाबु श्रेष्ठ र विदुर कोइरालाको इजलासले बुधबार भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको हो । उनीहरुको सजाय यही साउन २९ गते निर्धारण हुनेछ । उक्त कसुरमा ८ देखि १० वर्षसम्म कैद सजाय हुने कानुन अनुसार प्रावधान छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८१ जेठ २९ मा थापा, उपमेयर लीलाकुमारी मोक्तानसहित ६ जनालाई प्रतिवादी बनाएर ३० करोड २९ लाख ३४ हजार ८ सय ९७ रुपैयाँ बिगो मागदाबीसहित मुद्दा दायर गरेको थियो । नदीजन्य पदार्थको हानिनोक्सानी गरेको अभियोगमा उनीहरुलाई प्रतिवादी बनाइएको थियो । सोही मुद्दाको फैसला गर्दै थापासहित ३ जनालाई दोषी ठहर गरेको हो भने अरु ३ जना उपमेयर लीलाकुमारी मोक्तान, तत्कालीन लेखा अधिकृत विश्वराज पोखरेल र जिल्ला समन्वय समिति सर्लाहीका तत्कालीन प्रमुख मेथुर चौधरीलाई भने सफाइ दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *