सर्लाही, १८ बैशाख । नेपाली सेनाले ठूलो संख्यामा कर्मचारी भर्नाको लागि दरखास्त आह्वान गरेको छ ।
नेपाली सेनाको भर्ना छनोट निदेशनालयले आज सूचना जारी गर्दै सैन्य तथा विभिन्न ट्रेडका फलोअर्स पदहरूका लागि दरखास्त आह्वान गरेको छ ।
सेनाको सूचना अनुसार विभिन्न पदहरूमा ४५ सय जना नयाँ कर्मचारी भर्ना गरिने छ ।
सेनाको स्वीकृत दरबन्दी भित्र रिक्त रहेका सैन्य तथा विभिन्न ट्रेडका अलोअर्स (ब.का.सि, सुचिकार, सरसफाईकर्मी, चर्मकर्मी, लोहकार, केशकर्तक, सिकर्मी, सयस र नालबन्दी) पदहरूमा खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्न लागिएको हो ।
योग्यता पुगेका इच्छुक नेपाली नागरिकले तोकिएका भर्ना छनोट केन्द्रमा उपस्थित भएर दरखास्त दिन सकिने सूचनामा उल्लेख छ ।
आज शुक्रबारदेखि नै दरखास्त खुला गरिएको र आगामी जेठ १६ गतेसम्म दरखास्त दिन सकिने सेनाले जनाएको छ ।
हेर्नुहाेस् सूचना

