सर्लाही, २६ साउन । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) पुन: सक्रिय हुनेमा आशंका व्यक्त गरेका छन् ।

आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले दक्षिण एशियामा सार्कको महत्व धेरै रहेको भए पनि अहिले कोमामा रहेको टिप्पणी गरे । उनले अब सार्क फर्किने हो वा होइन भन्ने ठेगान नभएको पनि बताए ।

‘सार्क त अब मरिसक्यो भनि नहालाँै, तर कोमामा गइसकेको छ । फर्किने हो की होइन ठेगान छैन । लामो समयदेखि,’ यादवले भने, ‘तर यसको आवश्यकता छ । यो रिजनल कोअप्रेसन एण्ड कोर्डिनेसन हो । टेरेरिस्ट एक्टिभिटिजहरुलाई मिनिमाइज गर्ने र समाप्त पार्ने च्यानलको लागि एउटा कोअप्रेशन हो ।’ विगतमा सार्कमा पनि काउण्टर टेरेरिजमको कुरा उठेको उनले बताए । आतंकवादी गतिविधिलाई समाप्त गर्ने च्यानल आवश्यक रहेको यादवको जिकिर छ ।

‘दोस्रो यसको उत्पन्न हुने कारण के हो ? रुट कज केको हो । एकैनासको त छैन । त्यो रूटकजहरूलाई पत्ता लगाएर बेलैमा समस्या समाधान गर्नुपर्छ । अर्को त्यसका रिसोर्सहरूको च्यानललाई रोक्नुपर्छ,’ उनले भने ।

अध्यक्ष यादवले आतंकवादी गतिविधि नियन्त्रण गर्न आर्थिक सहयोग कसैले पनि गर्न नहुने पनि बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *