सर्लाही, २१ असार । उच्च अदालत जनकपुरमा दुई वर्षभन्दा पुरानो मुद्दा शून्यमा झरेको छ।

अदालतले सार्वजनिक गरेको तथ्यांक अनुसार दुई वर्ष नाघेको मुद्दा शून्यमा झरेको छ भने १८ महिनादेखि दुई वर्षभित्रको मुद्दाको संख्या १३ वटा रहेको छ । यस्तै, एक वर्षदेखि डेढ वर्षभित्रको बाँकी मुद्दा ३८७ वटा रहेको छ ।

दश जना न्यायाधीश रहेको उच्च अदालत जनकपुरले चालु आर्थिक वर्ष २०८२/८३ को असार १९ गतेसम्ममा कुल ४ हजार ३३० वटा मुद्दा फछर्यौट गरेको हो । जसमध्ये ४ हजार १६१ वटा नयाँ मुद्दा दर्ता छ भने २ हजार २६७ वटा जिम्मेवारी सरी आएको मुद्दा हो ।

अदालतका रजिष्ट्रार विश्वजंग सिजापतिका अनुसार जिम्मेवारी सरी आएको र नयाँ दर्ता मुद्दामध्ये २ हजार ९८ वटा फछर्यौट हुन बाँकी छ । जिम्मेवारी सरी आएको मध्ये २ हजार ४७ वटा फर्छौट भएको छ भने २२० वटा बाँकी छ । यस्तै, नयाँ दर्तामध्ये २ हजार २८३ वटा फछर्यौट भएको छ भने १ हजार ८७८ वटा मुद्दा बाँकी छ ।

उच्चले यस आर्थिक वर्षको फछर्यौट लक्ष्य ४ हजार ५४६ वटा राखेकोमा असार १९ गतेसम्म ४ हजार ३३० रहेको छ। यो लक्ष्यको ९५.२४ प्रतिशत हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *