सर्लाही, २४ असार । अब बिरामीका लागि रगत आवश्यक पर्दा कहाँ उपलब्ध छ भन्दै भौतारिनुपर्ने बाध्यता हटेको छ । कुन रक्तसञ्चार केन्द्रमा कति रगत छ भन्ने जानकारी नागरिक एपमा उपलब्ध हुन थालेसँगै रगत खोज्न भौतारिनुपर्ने बाध्यता हटेको हो ।
हिजाे सार्वजनिक भएको नागरिक एपको नयाँ भर्सन २.०.११० मा ‘रक्त सूचना’ पोर्टल थप भएको छ । यसमार्फत प्रयोगकर्ताले कुन रक्तसञ्चार केन्द्रमा कुन रक्त समूहको रगत कति युनिट उपलब्ध छ भन्ने जानकारी सजिलै प्राप्त गर्न सक्नेछन् ।
यस्तै रगत आवश्यक पर्दा कुन केन्द्रमा कसलाई सम्पर्क गर्ने भन्ने विवरणसमेत एपमा उपलब्ध भएका कारण सजिलै सम्पर्क गरेर आवश्यक रगत लिन सकिन्छ । अहिले सीमित जिल्लामा शुरू भएको यो सेवा थप हुँदै जानेछ ।
एपको नयाँ भर्सनमा रक्त सूचना पोर्टलका साथै नेपाली विश्वविद्यालय विद्यार्थीले शैक्षिक प्रमाणपत्र (ट्रान्सक्रिप्ट) हरू लिङ्क गर्न सक्ने ‘मेरो शिक्षा’ फिचर पनि उपलब्ध भएको छ ।
यस्तै एपमा अध्यागमन, पेन्सनलगायतका सेवाहरू पनि थपिएका छन् ।
