सर्लाही, ३२ असार । सम्पत्ति छानबिन आयोगले आफ्नो सम्पूर्ण कामकारबाही हाललाई स्थगित गरेको छ । सर्वोच्च अदालतले सम्पत्ति विवरण संकलन र छानबिनको कार्य नगर्न अन्तरिम आदेश जारी गरेपछि आयोगले यस्तो निर्णय गरेको हो ।

आयोगले सूचना जारी गर्दै अर्को सूचना प्रकाशित नभएसम्मका लागि सम्पत्ति विवरण संकलन र छानबिनका सबै काम स्थगित गरिएको जानकारी दिएको छ ।

सर्वोच्च अदालतले उच्चस्तरीय सम्पत्ति जाँचबुझ आयोगलाई पूर्ण इजलासबाट अर्को फैसला नआएसम्म कसैलाई पनि सम्पत्ति विवरण पेश गर्न वा पेश भएका विवरण छानबिन कार्य नगर्न आदेश दिएसँगै आयोगले कामकारबाही स्थगित गरेको हो ।

न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासको अन्तरिम आदेशले आयोगलाई आफूखुसी अदालती आदेशको व्याख्या गर्नबाट समेत रोक लगाएको थियो ।

सम्पत्ति छानबिन आयोगलाई सर्वोच्चले के भन्यो ? यस्तो छ लिखित आदेश

सर्वोच्च अदालतले उच्चस्तरीय सम्पत्ति जाँचबुझ आयोगलाई पूर्ण इजलासबाट अर्को फैसला नआएसम्म कसैलाई पनि सम्पत्ति विवरण पेश गर्न वा पेश भएका विवरण छानबिन कार्य नगर्न प्रष्ट आदेश गरेको छ ।

न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासको अन्तरिम आदेशले आयोगलाई आफूखुसी अदालती आदेशको व्याख्या गर्नबाट समेत रोक लगाएको छ ।

बुधबारको आदेशको लिखित प्रति हस्ताक्षर भएर आइसकेको अवस्थामा अब आयोगले कसैको सम्पत्ति विवरण माग्न वा आएका विवरणको छानबिन गर्न नपाउने भएको छ ।

अधिवक्ता मणिराम उपाध्यायको रिट निवेदनमाथि अदालतले दिएको आदेशमा यसअघिका समेत आदेश र रिट निवेदको पूर्ण इजलासबाट अन्तिम टुंगो नलाग्दा सम्म आयोगले गत असार २९ गते जारी गरेको सूचना कार्यन्वयन नगर्न भनिएको छ ।

आयोगले उक्त सूचनामा न्यायाधीश र सेनाबाहेक अरुको सम्पत्ति विवरण संकलन तथा छानबिन जारी रहने भनेको थियो । उक्त सुचनाले अदालती आदेशको अपब्याख्या भएको भन्दै रिट दायर भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *