सर्लाही, ०६ असाेज । सर्लाहीको गोडैता नगरपालिका–१२, मधुवनीमा गहिरो इनारमा खसेर एक व्यक्ति घाइते भएका छन् ।
मधुवनीस्थित बीओपी पोस्टनजिकै रहेको करिब २०–२५ फिट गहिरो पानी नभएको इनारमा स्थानीय ४५/४६ वर्षीय रमेश पासवान खसेर घाइते भएका हुन् । प्रहरीका अनुसार पासवान मादक पदार्थ सेवन गरी उक्त इनारमा खसेका थिए ।
घटनापछि प्रहरीले उनको उद्धार गरेको थियो । उनको दाहिने पाखुरामा चोट लागेको छ । अवस्था सामान्य रहेका पासवानको स्थानीय मेडिकलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
उद्धारपछि उनलाई उपचारका लागि आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

