सर्लाही, ०९ असाेज । प्रधानमन्त्री वालेन्द्र शाहले विश्वव्यापी आपूर्ति प्रणालीमा रहेको असमानतामाथि प्रश्न उठाउँदै युद्धका सामग्री सहजै सीमापार पुग्ने तर किसानले पैसा तिर्न तयार हुँदासमेत मल र इन्धन पाउन नसक्ने अवस्था रहेको बताएका छन् ।

संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले यस्ताे प्रश्न उठाएका हुन् । 

उनले युद्धका लागि आवश्यक सामग्रीको आपूर्ति तीव्र र प्रभावकारी भए पनि किसानका लागि आवश्यक मल तथा इन्धनको आपूर्ति प्रणाली कमजोर रहेको बताए ।

प्रधानमन्त्री शाहले विश्वको आपूर्ति प्रणालीको प्राथमिकतामाथि नै प्रश्न उठाएका हुन् । ‘हामीले युद्धका लागि निर्दोष ढुवानी प्रणाली र खानाका लागि अस्तव्यस्त ढुवानी प्रणाली भएको विश्व बनाएका छौँ’, शाहले भने ।

उनले ७२ घण्टाभित्र हतियार संसारको जुनसुकै ठाउँमा पुर्‍याउन सक्ने विश्वले किसानलाई आवश्यक सामग्री उपलब्ध गराउन नसक्नुको कुनै बहाना नहुने बताए ।

प्रधानमन्त्री शाहले विश्वव्यापी आपूर्ति प्रणालीलाई मानवीय आवश्यकता र खाद्य सुरक्षासँग जोड्दै किसानले आवश्यक सामग्री सहज रूपमा पाउने व्यवस्था हुनुपर्नेमा जोड दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *