काठमाडौं, ०९ असोज । एसियन गेम पुरुष क्रिकेट प्रतियोगितामा नेपालले विजयी सुरुआत गरेको छ । जापानमा शुक्रबार भएकाे खेलमा नेपालले अफगानिस्तानलाई ५ विकेटले हराएको हो ।

अफगानिस्ताले दिएको १०३ रनको लक्ष्य नेपालले १७.२ ओभरमा ५ विकेट गुमाएर भेट्टायो । नेपालका लागि सन्दीप जोराले ३४ रन बनाउँदा रोहित पौडेल ३३ रनमा नटआउट रहे । यस्तै, दीपेन्द्र सिंह ऐरीले १५ रन जोडे ।

टस जितेर ब्याटिङमा उत्रिएको अफगानिस्तानले २० ओभरमा ७ विकेट गुमाएर १०२ रन जोड्यो । 

उसका लागि फैसल खान अहमदजाइ र नाजिबुल्लाह जाद्रनले ३०–३० रन जोड्दा नान्गेलिया खान १७ रनमा अविजित रहे । अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

बलिङतर्फ नेपालका कुशल भुर्तेलले चार तथा ललित राजवंशीले तीन विकेट लिए । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *