देशभरका ६ वटा खोला नदीको जलसतह खतराको तहमाथि

Byसदाम हुसैन

२०८३ आश्विन ११, आइतवार २०८३ आश्विन ११, आइतवार २०८३ आश्विन ११, आइतवार

सर्लाही, ११ असाेज । लगातारको वर्षाले सातवटा खोला नदीको जलसहत खतराको तह पार भएको छ ।

बाढी पूर्वानुमान महाशाखाका अनुसार म्याग्दीको मंगलघाटमा म्याग्दीखोला, पर्वतको मोदी बेनीमा कालीगण्डकी, लमजुङको गरमबेसीमा चेपे खोला, चितवनको कालीखोलामा त्रिशूली, देवघाटमा नारायणी र बनकट्टामा  रिउ खोलाको जल सतहले खतरा तह पार गरेको हो ।

महाशाखाका अनुसार म्याग्दी खोलाको जलसतह ५.४२ मिटर पुगेको छ । यसको सतर्कता तह र ३.६ मिटर र खतरा तह ४.५ मिटर हो ।

त्यस्तै पर्वतको काली खोलाको सतर्कता तह ७ मिटर र खतरा तह ८.२० मिटर छ । अहिले कालीखोलाको जलसतह १०.३४ मिटर पुगेको छ ।

बाँके, पाल्पा, म्याग्दी, बाग्लुङ, तनहुँ, लमजुङ, चितवन, मकवानपुर, काभ्रे र कपिलवस्तुका विभिन्न खोला नदीमा पनि जलसहत बढेर सतर्कता तह पार गरेको छ ।

राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले नारायणी नदीका सहायक नदीहरुमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *