गगन थापा सर्वसम्मत महाधिवेशन प्रतिनिधि, विश्वप्रकाश चुनावबाट निर्वाचित

Byसदाम हुसैन

२०८३ आश्विन १३, मंगलवार २०८३ आश्विन १३, मंगलवार २०८३ आश्विन १३, मंगलवार

सर्लाही, १३ असोज ।  नेपाली कांग्रेसका सभापति गगनकुमार थापा काठमाडौं क्षेत्र नम्बर ४ बाट महाधिवेशन प्रतिनिधि चयन भएका छन् । थापा १५औं महाधिवेशनका लागि सर्वसम्मत प्रतिनिधि चयन भएका हुन् ।

यस्तै, उपसभापति विश्वप्रकाश शर्मा झापा-१ मा मतदानमार्फत निर्वाचित भएका छन् । शर्माले ६३८ मत पाएर महाधिवेशन प्रतिनिधि चुनिएका हुन् । झापा – १ मा महाधिवेशन प्रतिनिधिको मतदानमा ७१० मतदाता थिए।

कांग्रेसको महाधिवेशन यही असोज १६ गतेका लागि तय भएको थियो तर बाढीपहिरोका कारण केही दिन पछि सार्ने तउयारी गरिएको छ ।

संस्थापनइतरको शेरबहादुर देउवा समूहले पनि छुट्टै महाधिवेशनको तयारी थालेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *