कांग्रेस महाधिवेशनमा मतदान गर्न एकजनालाई लाग्यो ‘३० देखि ४० मिनेट’

Byसदाम हुसैन

२०८३ आश्विन २३, शुक्रवार २०८३ आश्विन २३, शुक्रवार २०८३ आश्विन २३, शुक्रवार

सर्लाही, २३ असोज । नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति चयनका निम्ति मतदान जारी छ । पार्टी १५औँ महाधिवेशनअन्तर्गत शुक्रबार (असोज २३) बिहान करिब ८ बजेदेखि काठमाडौंका खुलामञ्च र राष्ट्रिय सभागृहमा मतदान भइरहेको हो ।

यस दिन दिउँसो ३ बजेसम्म मतदानको समय तोकिएको छ । मतदानका निम्ति एकजनालाई ३० देखि ४० मिनेट लागेको निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले बताए ।

महाधिवेशन प्रतिनिधिको संख्या सात हजार ३१७ छ । मतदानस्थलमा मोबाइल फोनलगायत निर्वाचन आचारसंहिताले निषेध गरेका सामग्री लिएर प्रवेश गर्न पाइने छैन । प्रतिनिधिले निर्वाचन समितिले तोकेको प्रक्रिया पूरा गरेर मात्र मतदान गर्न पाउनेछन् ।

मतदानमार्फत सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्री र विभिन्न समूहका केन्द्रीय सदस्य निर्वाचित हुनेछन् । विभिन्न पदमा परेको उमेदवारीअनुसार महाधिवेशन प्रतिनिधिले सम्बन्धित मतपत्रमा मतदान गर्नेछन् ।

मतदान सकिएपछि मतपेटिका सुरक्षित रूपमा व्यवस्थापन गरी आवश्यक प्रक्रिया पूरा गरेर मतगणना सुरु गरिने निर्वाचन समितिले जनाएको छ । मतगणना पार्टी केन्द्रीय कार्यालय सानेपामा गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *