सर्लाही, २३ साउन। जिल्ला प्रशासन कार्यालय मलंगवा, सर्लाहीले एक सूचना जारी गर्दै मिति २०८२ साउन २५ गते आइतवारको दिन कार्यालयका सबै सेवा स्थगित गरिएको जानकारी गराएको छ।सूचना अनुसार, हाल सेवा प्रवाह भईरहेको स्थानबाट कार्यालयको नवनिर्मित भवनमा कागजात तथा अन्य सामग्रीहरू सार्नु पर्ने भएकाले उक्त दिन सेवा प्रवाह गर्न नसकिने जनाइएको हो। साथै, व्यवस्थापनका अन्य कार्यहरू मिलाउनुपर्ने भएकाले एक दिनका लागि सेवा बन्द रहने स्पष्ट गरिएको छ।कार्यालयका प्रशासकीय अधिकृत जय किशोर साहद्वारा हस्ताक्षरित सूचनामा भनिएको छ, “मिति २०८२ साउन २६ गते सोमबारदेखि कार्यालयको सम्पूर्ण नियमित सेवा नवनिर्मित कार्यालय भवनबाट सुचारु हुनेछ।”यस सेवास्तगनका कारण सेवाग्राहीहरूमा पर्न सक्ने असुविधाप्रति कार्यालयले क्षमायाचना समेत गरेको छ।नयाँ भवनमा कार्यालय सञ्चालन सुरु भएपछि सेवा प्रवाह थप सहज र व्यवस्थित हुने अपेक्षा गरिएको छ ।
