सर्लाही, २३ साउन । देशका विभिन्न जिल्ला पुगेर उद्योगहरूको स्थलगत अध्ययन गरी तयार छुट्टाछुट्टै ५ वटा प्रतिवेदन संसदीय समितिमा पेस भएको छ ।शुक्रबार प्रतिनिधि सभा अन्तरगतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा प्रतिवेदनहरू पेस भएको हो । समिति अन्तरगत गठित उपसमितिहरूले अनुगमन प्रतिवेदन पेस गरेका हुन्। जसमा बाँके, बर्दिया र सुर्खेतको स्थलगत अध्ययन छ । रुपन्देही, दाङ, नवलपरासी बर्दघाट सुस्तापुर्व र बर्दघाट सुस्ता पश्चिमको उद्योगहरूको स्थलगत प्रतिवेदन अर्को रहेको छ ।मकवानपुर र धनुषाको स्थलगत अनुगमन तथा अन्तरक्रिया प्रतिवेदन, झापा, मोरङ, सुनसरी र उदयपुरको स्थलगत अनुगमन प्रतिवेदन पनि पेस भएको छ । बारा, पर्सा र मकवानपुरको उद्योग तथा भन्सार कार्यालयको अनुगमन प्रतिवेदन समितिमा पेस भएको छ ।
