प्रधानमन्त्री कार्यालयको सूचना– सरकारी सूचनाको विज्ञापन अब सरकारी मिडियामा मात्रै

सर्लाही,चैत्र १९ । सरकारका विभिन्न विज्ञापनहरू अब सोझै सरकारी मिडियामा मात्रै जाने सूचना सार्वजनिक भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयले बिहीबार जारी गरेको एक सूचनाअनुसार यसरी विज्ञापन दिँदा कुनै पनि तेस्रो पक्षलाई समावेश नगर्ने पनि निर्णय गरेको छ ।

सरकारी निकायबाट मिडियाको खातामा सिधै रकम जाने प्रावधान राखिएको छ । यसो गर्नुको कारण ‘सरकारी खर्चमा मितव्ययिता कायम गर्न’ भनिएको छ ।

मिडियाका जानकारहरूले सरकारी सञ्चारमाध्यममा मात्रै विज्ञान र सोझै खातामा रकम जाने अवस्था आउँदा निजी मिडिया तथा विज्ञापन एजेन्सीको कारोबारमा समस्या आउने बताएका छन् । उनीहरूका अनुसार धेरैको रोजगारी गुम्नेछ ।

हेर्नुहोस् सूचना :

657692622_2197946800612870_4142600690964731184_n-1775111029.jpg

Leave a Reply

Your email address will not be published. Required fields are marked *