सर्लाही, २४ असार । नेपाल राष्ट्र बैंक तेस्रो संशोधन विधेयक २०८३ लाई दफावार छलफलका लागि सम्बन्धित संसदीय समितिमा पठाइएको छ । 

बुधबार बसेको प्रतिनिधि सभा बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उक्त विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउनका लागि गरेको प्रस्ताव सर्वसम्मतिले पारित भएको हो ।

त्यसैगरी बैठकमा राष्ट्रिय सभामा उत्पत्ति भएको पर्यटन विधेयक, २०८२ लाई पनि दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलको प्रस्ताव पनि सर्वसम्मतिले स्वीकृत भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *