सर्लाही, २४ असार । नेकपा एमालेले प्रधानमन्त्री बालेन शाहलाई सदनमा बोलाउन रुलिङ गर्न माग गरेको छ ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै एमाले सांसद राजेन्द्र राईले प्रधानमन्त्री बालेन्द्र शाहलाई रुलिङ गरेर बोलाउन सभामुखसँग माग गरे ।

उनले भने, ‘उहाँलाई डाक्नुपर्‍यो। यो सदन जनताले पठाएका प्रतिनिधिहरू हो। जनताबाट चुनेर आएका प्रतिनिधिहरूले उठाएको प्रश्नको जवाफ प्रधानमन्त्री अनिवार्य आएर जवाफ दिनुपर्छ । उहाँलाई डाक्नुपर्छ।’

प्रधानमन्त्री शाहलाई रोस्ट्रममा उभ्याएर हिजोको गल्ती सच्चाउन माग गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *