सर्लाही, २४ असार । बिपी प्रतिष्ठानमा उपचार गर्न आएका बिरामीलाई निजी स्वास्थ्य संस्थामा लगेको आरोपमा प्रहरीले १२ जनालाई पक्राउ गरेको छ । बिरामीलाई औषधि किनेर ल्याइदिने निहुँमा निजी अस्पतालमा उपचार गराउन लगेको आरोपमा १२ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा धरान–१८ का २७ वर्षिय निखिलकुमार चौधरी, सप्तरी राजविराज–६ की २७ वर्षिय रबिना मण्डल, भोजपुर आमचोक–८ का २५ वर्षिय हस्त श्रेष्ठ, धरान–१५ का २० वर्षिय सागर पोखरेल, मोरङ लेटाङ–३ का २९ वर्षिय सानिन किराँती रहेका छन् ।

यस्तै प्रहरीले धरान–६ का २३ वर्षिय मनिष बुढाथोकी, उदयपुर चौदण्डीगढी–५ का ४० वर्षिय उपेशकुमार चौधरी, धरान–१७ का ३५ वर्षिय धिरज निरौलालाई पनि पक्राउ गरेको छ ।

यस्तै प्रहरीले इटहरी–२ का ३१ वर्षिय रोहित मेहता र धरान–११ का २८ वर्षिय विनोद भट्टराईलाई पनि पक्राउ गरेको हो ।प्रहरीका अनुसार उनीहरूले उपचारका लागि आएका बिरामी तथा आफन्तलाई निजी मेडिकलबाट सस्तो मूल्यमा औषधि उपलब्ध गराइदिने भन्दै प्रभावमा पार्ने प्रयास गरिरहेको सूचना पाएपछि निगरानी बढाइएको थियो ।

उनीहरूमाथि अभद्र व्यवहार मुद्दा दर्ता गरी जिल्ला प्रशासन कार्यालय सुनसरीबाट १० दिनको म्याद थप अनुमति लिएर इलाका प्रहरी कार्यालय धरानबाट अनुसन्धान भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *