सर्लाही, १८ साउन । संघीय संसद अन्तर्गत साेमबार अर्थ र शिक्षासहित ४ वटा संसदीय समितिको बैठक बस्दै छ ।
सिंहदरबारमा साेमबार समिति, महिला तथा सामाजिक मामिला समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र लेखा समितिको बैठक बस्न लागेको संसद सचिवालयले जनाएकाे हो ।
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको साेमबार बिहान ११ बजे बस्ने बैठकमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ सम्बन्धमा छलफल हुने भएकाे छ ।
त्यस्तै, महिला तथा सामाजिक मामिला समितिको साेमबारै बिहान ११ बजे बस्ने बैठकमा साइबर सुरक्षाका सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेकाे सचिवालयले जनाएकाे हाे ।
त्यस्तै, अर्थ समितिको साेमबार दिउँसो १ बजे बस्ने बैठकमा ‘नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयक’माथि दफावार हुनेछ ।
त्यसैगरी लेखा समितिको साेमबार दिउँसो २ बजे बस्ने बैठकमा प्राप्त उजुरीमाथि छलफल गर्ने कार्यसूची रहेकाे हाे ।
