सर्लाही, २१ साउन । नेपाली क्रिकेट टिमले अस्ट्रेलियाको नर्थन टेरिटोरीमा हुने एनटी टप एन्ड टी-२० शृंखला खेल्ने भएको छ । त्यसका लागि नेपाल क्रिकेट संघ (क्यान)ले खेलतालिका सार्वजनिक गरेको हो । यद्यपि, क्यानले सहभागी हुने टिमको टुंगो लगाएको छैन ।

नेपालले गत संस्करणमा पनि प्रतियोगितामा सहभागिता जनाएको थियो । त्यसवेला नेपालले ६ खेल खेल्दा दुईमा जितेको थियो भने चार खेलमा पराजित भएको थियो ।

२१ देखि ३० अगस्टसम्म डार्बिनमा हुने प्रतियोगितामा नेपालले लिग चरणमा ६ खेल खेल्नेछ । नेपालले पहिलो खेल २१ अगस्टमा एनटी स्ट्राइकसँग खेल्नेछ । 

दोस्रो खेल २२ अगस्टमा बंगलादेश हाई–पर्फर्मेन्स टोलीसँग हुनेछ । त्यसपछि २४ अगस्टमा होबर्ट हरिकेन्स एकेडेमी, २५ अगस्टमा एसिटी कोमेट्स, २७ अगस्टमा किङ्समेन र २९ अगस्टमा भिक्टोरियासँग प्रतिस्पर्धा गर्ने तालिका रहेको छ ।

यद्यपि, अस्ट्रेलियाको प्रतियोगिता र एसिसी प्रिमियर कप खेल्ने चर्चा हुँदा प्रतियोगिता जुध्ने पक्का भएको छ । त्यसैले नेपालले दुई प्रतियोगिताका लागि दुई फरक टोली घोषणा गर्ने सम्भावनासमेत रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *