सर्लाही, ०६ भदाै । सार्वजनिक संरचनाको पुनर्निर्माण योजनासम्बन्धी प्रतिवेदनले आन्दोलनका क्रममा भएको क्षतिको विस्तृत मूल्यांकन गर्दै पुनर्निर्माण, मर्मत तथा अन्य भौतिक सम्पत्तिको पुनर्स्थापनाका लागि ३६ अर्ब ३० करोड २१ लाख रुपैयाँ आवश्यक पर्ने औँल्याएको छ ।
आन्दोलनका क्रममा २,१६८ संस्था तथा निकायमा क्षति पुगेको प्रतिवेदनमा उल्लेख छ । त्यसमध्ये ६७१ भवन क्षतिग्रस्त भएका छन् । भवनमा मात्रै ३९ अर्ब ३१ करोड ७५ लाख रुपैयाँबराबरको क्षति भएको छ । आन्दोलनबाट भएको कुल भौतिक क्षति ८४ अर्ब ४५ करोड ७७ लाखबराबर छ ।
गत ५ असोजमा मन्त्रिपरिषद्ले गठन गरेको यो समितिले संघ, प्रदेश, स्थानीय तह, सार्वजनिक संस्थान, निजी क्षेत्र तथा सामुदायिक संस्थाहरूको मानवीय, भौतिक तथा आर्थिक क्षतिको प्रारम्भिक तथ्यांक संकलन गरी समग्र मूल्यांकन गरेको थियो ।
