डुम्रे-बेँसीसहर-चामे सडक शुक्रबारसम्म सञ्चालनमा ल्याउने तयारी

Byसदाम हुसैन

२०८३ आश्विन १४, बुधवार २०८३ आश्विन १४, बुधवार २०८३ आश्विन १४, बुधवार

सर्लाही, १४ असोज । पछिल्लो बाढीले मनाङमा सडक यातायात विच्छेद भएको छ ।

सडक विभागका अनुसार डुम्रे-बेँसीसहर-चामे सडक पुन: सुरु हुन कम्तीमा शुक्रबारसम्म लाग्ने छ ।

विभागका अनुसार चामे रामबजारस्थित पहिरो हटाइ यातायात सुरु भएको छ । तिमाङदेखि कोतोसम्म पहिरो हटाउने काम जारी छ । फापरखेतमा स्थानीय व्यक्तिको खेत काट्नुपर्ने भएपछि जग्गाको क्षतिपूर्ति माग भएको थियो ।

यसबारे पालिका, जिल्ला प्रशासन लगायतसँग समन्वय भई समस्या समाधान भइसकेको समेत सडक विभागले जनाएको छ ।

खोत्रोमा समेत सडक बगेको छ । यस सडकमा ब्याक कटिङ र टेवा पर्खाल लगाइ यातायात सुरु गर्ने गरी काम भइरहेको छ । विभागका अनुसार खोत्रो नजिकै भिरमा नेपाली सेनासँग समन्वय गरी ब्लास्टिङको तयारी भइरहेको छ ।

बगरछापको लेदो तथा पहिरो हटाउने कामसमेत जारी रहेको विभागले जनाएको छ । विभागका अनुसार बगेका काठेपुलहरूमा डाइभर्सन बनाइ शुक्रबारसम्म डुम्रे-बेँसीसहर-चामे सडक सञ्चालन गरिने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *