सर्लाही, १४ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद रमेश प्रसाईँले दसैँ–तिहारको समयमा हवाई टिकटको मूल्य अत्यधिक बढाइएको भन्दै आपत्ति जनाएका छन् ।
प्रतिनिधि सभाको बैठकमा बोल्दै एयरलाइन्स कम्पनीहरूले चाडपर्वको समयमा यात्रुमाथि मनपरी भाडा असुल्ने गरेको आरोप लगाए ।
उनले भने, ‘धनगढीको फ्लाइटको एउटा टिकटको मूल्य १६ अक्टोबरदेखि १६ हजार, झापा भद्रपुरको १२ हजार । हरेक दसैँ तिहारमा मनपरी भाडा, मौकामा चौका। एयरलाइन्स कम्पनीलाई चिकेन चिल्ली र यात्रुलाई लौका ।’
टिकटमा कालोबजारी भएको भन्दै पर्यटनमन्त्रीको ध्यानाकर्षण गराउँदै रमिते नबन्न आग्रह गरे ।
