महामन्त्रीमा गुरु र प्रदीपलाई नैनसिंह र सुनीलको टक्कर

Byसदाम हुसैन

२०८३ आश्विन २०, मंगलवार २०८३ आश्विन २०, मंगलवार २०८३ आश्विन २०, मंगलवार

सर्लाही, २० असोज । तीनमध्ये खुला दुई महामन्त्री पदको लागि कांग्रेसमा कडा टक्कर देखिने भएको छ । महिला महामन्त्रीको कोटा बढाइए पनि खुलामा नेताबीच टक्कर देखिने भएको हो । 

महामन्त्रीका लागि विशेषबाट निर्वाचित भएका गुरुराज घिमिरे र प्रदीप पौडेलको उम्मेदवारी परेको छ । दुवै गत पुसमा भएको विशेष महाधिवेशनबाट महामन्त्री भएका थिए । यी दुवैले सोही पदमा उम्मेदवारी दिएका छन् । 

त्यस्तै, पूर्व केन्द्रीय सदस्य एवं नेविसंघ अध्यक्ष नैनसिंह महरले पनि महामन्त्री पदमा उम्मेदवारी दिएका छन् । सुनील शर्माको पनि महामन्त्रीमा उम्मेदवारी परेको छ । त्यस्तै शंकर तिवारीले पनि महामन्त्रीमा उम्मेदवारी हालेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *