दोहोरो अंकले बढ्यो शेयरबजार, कारोबार ३ अर्ब १३ करोडमा झर्‍याे

Byसदाम हुसैन

२०८३ आश्विन २०, मंगलवार २०८३ आश्विन २०, मंगलवार २०८३ आश्विन २०, मंगलवार
CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 90

सर्लाही, २० असोज । शेयरबजार परिसूचक नेप्से मंगलबार दोहोरो अंकले बढेको छ । अघिल्लो दिन नेप्से सूचक २० अंकभन्दा बढीले घटेको थियो । तर, आज नेप्से ११.९६ अंकले बढ्दै २ हजार ५७८.७३ अंकमा उक्लिएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।

तथापि, अघिल्लो दिनको तुलनामा आज कारोबार भने केही घटेको छ । यस दिन ३ अर्ब १३ करोड ८१ लाख रुपैयाँ बराबरका ८९ लाख ५५ हजार २३० कित्ता शेयर दोस्रो बजारमा किनबेच भएको छ । 

साेमबार बजारमा ३ अर्ब २७ करोड ९५ लाख रुपैयाँ बराबरको ९० लाख ३ हजार कित्ता शेयर दोस्रो बजारमा किनबेच भएको भएको थियो । 

आज माइक्रोफाइनान्स र निर्जीवन बीमा समूह बाहेक ११ वटा उपसूचक धनात्मक भएका छन् । १६९ कम्पनीको शेयरमूल्य बढेको छ भने ९५ कम्पनीको मूल्य घटेको नेप्सेले जनाएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *