कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाशले दिए उम्मेदवारी

Byसदाम हुसैन

२०८३ आश्विन २०, मंगलवार २०८३ आश्विन २०, मंगलवार २०८३ आश्विन २०, मंगलवार

सर्लाही, २० असोज ।  नेपाली कांग्रेसको वरिष्ठ उपसभापति पदमा नेता विश्वप्रकाश शर्माले उम्मेदवारी दिएका छन् ।

१५औँ महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि भइरहेको मनोनयनमा शर्माले पुष्पराज पौड्याललाई वारेस दिएर मनोनयन फाराम दर्ताका लागि निर्वाचन समितिमा पठाएका छन् ।

उनको प्रस्तावकमा झापाका उद्धव थापा र सुनसरीका केदार भण्डारी साथै समर्थकमा झापाकै सुधीर सिवाकोटी र देउकुमार थेवे रहेका छन् ।

कांग्रेसले विधान संशोधन गरेर यसैपटकबाट वरिष्ठ उपसभापति पद थपेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *