सर्लाहीमा जुवातास खेलिरहेको अवस्थामा पाँच जना पक्राउ

Byसदाम हुसैन

२०८३ आश्विन २२, बिहीवार २०८३ आश्विन २२, बिहीवार २०८३ आश्विन २२, बिहीवार

सर्लाही, २२ असाेज । सर्लाहीमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । उनीहरूको साथबाट प्रहरीले ५७ हजार ६ सय १८ रुपैयाँ नगद बरामद गरेको जनाएको छ ।

मंगलबार मलंगवा नगरपालिका–२ स्थित नयाँ बसपार्कमा जुवातास खेलिरहेको सूचनाका आधारमा प्रहरी निरीक्षक रुपेश अधिकारीको कमाण्डमा खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा कबिलासी–७ का ३२ वर्षीय शत्रुधन यादव, हरिवन–४ का २४ वर्षीय दिपेन्द्र चौधरी, मलंगवा–३ का ३० वर्षीय अताहुल्ला मिकरानी, हरिपुर–२ का ४२ वर्षीय प्रमोद साह र हरिपुर–८ का ५२ वर्षीय पुरुषोत्तम न्यौपाने छन् ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डीएसपी वेदप्रसाद गौतमका अनुसार उनीहरूमाथि जिल्ला प्रशासन कार्यालयबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *