सर्लाही, २३ असोज । त्रिशूली–भोटेकोसी क्षेत्रमा आएको बाढीबाट प्रभावित समुदायको राहत तथा पुनःस्थापनाका लागि कुमारी बैंक लिमिटेडका कर्मचारीले ४५ लाख ९७ हजार रुपैयाँभन्दा बढी सहयोग गरेका छन् ।
बैंकका कर्मचारीले स्वेच्छिक रूपमा आफ्नो तलबबाट कट्टा गरी ४५ लाख ९७ हजार ३५३ रुपैयाँ ५० पैसा प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गरेका हुन् ।
संकलित रकम कोषमार्फत प्रभावित समुदायको राहत, उद्धार तथा पुनःस्थापनाका कार्यक्रममा उपयोग हुने बैंकले जनाएको छ ।
यसअघि पनि कुमारी बैंकले बाढी प्रभावित नागरिकको राहत, उद्धार, पुनःस्थापना तथा पुनर्निर्माणका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ३ करोड रुपैयाँ सहयोग गरेको थियो ।
त्यस्तै, उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन गृह मन्त्रालयलाई ३९ लाख रुपैयाँ बराबरका अत्याधुनिक ड्रोन, पावर बैंक, जेनेरेटरलगायत विपत् व्यवस्थापन सामग्री उपलब्ध गराएको बैंकले जनाएको छ ।
