महिला चिकित्सकलाई वित्तीय साक्षरता सिकाउँदै कामना सेवा विकास बैंक

Byसदाम हुसैन

२०८३ आश्विन २३, शुक्रवार २०८३ आश्विन २३, शुक्रवार २०८३ आश्विन २३, शुक्रवार

सर्लाही, २३ असोज । कामना सेवा विकास बैंकको सहकार्यमा नेपाल चिकित्सक संघले महिला चिकित्सकका लागि वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा ६० भन्दा बढी महिला चिकित्सक सहभागी भएका थिए ।

महिला चिकित्सकको वित्तीय व्यवस्थापन, बजेट निर्माण, बचत, लगानी तथा कर व्यवस्थापनसम्बन्धी ज्ञान र सीप अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा प्रशिक्षकहरूले प्रस्तुतीकरण, अन्तर्क्रिया तथा व्यावहारिक सहजीकरणमार्फत सहभागीलाई व्यक्तिगत वित्तीय योजना, आम्दानी तथा खर्चको व्यवस्थापन, लगानी र दीर्घकालीन वित्तीय सुरक्षालगायत विषयमा जानकारी दिएका थिए ।

बैंकका डिजिटल अपरेसन विभाग प्रमुख जिनुसा पलिखे श्रेष्ठ र कर्जा अधिकृत सूर्यकान्त न्यौपानेले पनि सहजीकरण गरेका थिए ।

नेपाल चिकित्सक संघका अध्यक्ष डा. बद्री रिजालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा चिकित्सकहरूले आफ्नो पेसासँगै व्यक्तिगत तथा पारिवारिक आर्थिक सुरक्षाका लागि वित्तीय व्यवस्थापनलाई पनि प्राथमिकता दिनुपर्नेमा जोड दिइएको थियो ।

कार्यक्रम संयोजक डा. निशा आचार्यले वित्तीय साक्षरताले महिलाचिकित्सकको आर्थिक निर्णय क्षमता अभिवृद्धि गर्न सहयोग पुग्ने बताइन् ।

कार्यक्रममा नेपाल चिकित्सक संघका पूर्वअध्यक्ष डा. लोचन कार्की, नेपाल मेडिकल काउन्सिलका सदस्य डा. युबिन यादव तथा संघकी कार्यकारी सदस्य डा. बिना श्रेष्ठलगायत सहभागी थिए ।

बैंकले वित्तीय पहुँच, साक्षरता तथा समावेशीकरण अभिवृद्धिका लागि आगामी दिनमा पनि विभिन्न कार्यक्रम सञ्चालन गर्ने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *