सर्लाही, ०६ भदाै । जेन–जी आन्दोलनका क्रममा पूर्ण रूपमा क्षतिग्रस्त सर्वोच्च अदालतको भवन पुनर्निर्माणका लागि ठेक्का लागेको छ । क्षतिग्रस्त भवनको डिजाइन तयार गर्ने काम पूरा भएपछि बुधबार पुनर्निर्माणका लागि ठेक्का आह्वान गरिएको थियो ।

एक वर्ष म्याद राखेर आठ करोड ५८ लाख रुपैयाँमा पुनर्निर्माणको ठेक्का लगाइएको छ । संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयका सूचना अधिकारी भुजेलका अनुसार भवनको डिजाइन तयार भई सम्झौतासमेत भइसकेको छ ।

उनका अनुसार केही दिनमै क्षतिग्रस्त भवनको पुनर्निर्माण सुरु हुनेछ । आन्दोलनका क्रममा भवनभित्र रहेका मिसिलदेखि अन्य महत्वपूर्ण कागजातसमेत जलेर नष्ट भएका थिए  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *