सर्लाही, ०६ भदाै । मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादव धार्मिक प्रयोजनका लागि विदेश जाने भएका छन् । विदेश प्रस्थान गर्नुअघि मुख्यमन्त्री यादवले भौतिक पूर्वाधार विकासमन्त्री मोहम्मद समिरलाई कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी तोकेका छन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले शुक्रबार मन्त्री समिरलाई पत्र पठाउँदै २०८३ भदौ ६ गतेदेखि मुख्यमन्त्री यादव स्वदेश नफर्किएसम्मका लागि कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी दिएको हो ।

मुख्यमन्त्री यादवले धार्मिक प्रयोजनका लागि नेपाल बाहिर जानुपर्ने भएकाले आफू विदेशमा रहँदासम्म प्रदेश सरकारको कार्यसम्पादनमा निरन्तरता दिन मन्त्री समिरलाई कार्यवाहक मुख्यमन्त्री तोकिएको पत्रमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *