सर्लाही, ११ असाेज । म्याग्दीको रघुगंगा गाउँपालिकामा रहेको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको प्रसारण लाइनको टावर कालीगण्डकी नदीमा बाढीले बगाएर क्षति पुगेको छ ।
ऊर्जा मन्त्रालयका अनुसार बाढीका कारण प्रसारण लाइनको टावर बगाएर क्षति पुगेको हो । मन्त्रालयले क्षतिको अवस्थाबारे तत्काल मूल्याङ्कन गरी विद्युत् प्रणालीको पुनःस्थापना तथा सञ्चालनका लागि आवश्यक प्राविधिक पहल अघि बढाइएको जनाएको छ ।
