सर्लाही, २० असोज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबास कार्यालयको टोलीले मंगलबार साँझ मलंगवा नगरपालिकाका एक इन्जिनियरलाई नगद १ लाख रुपैयाँसहित पक्राउ गरेको छ ।
स्रोतका अनुसार नगरपालिकाको प्राविधिक शाखामा कार्यरत इन्जिनियर डिकेश यादवले नक्सा पास गराइदिने भन्दै सेवाग्राहीसँग रकम लिइरहेको सूचनाका आधारमा अख्तियारको टोली नगरपालिकामा पुगेको थियो ।
टोलीले यादवलाई १ लाख रुपैयाँसहित नियन्त्रणमा लिएर घटनासम्बन्धी कागजात संकलन तथा अनुसन्धान गरिरहेको जनाएको छ ।
समाचार तयार पार्दासम्म अख्तियारको टोली नगरपालिकामै रहेर आवश्यक कागजात अध्ययन र तथ्य संकलनमा जुटेको छ ।
